विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्थ मन्त्रालयले पौने १३ अर्ब रासायनिक मल खरिद गर्न स्वीकृति दियो

637
shares

आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयले पौने १३ अर्ब रुपैयाँ बढीको स्रोत सुनिश्चित गरेको छ । करिब एक लाख ४२ हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न कृषि मन्त्रालयले गरेको प्रस्तावमा स्वीकृति सुनिश्चित दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

मल आयातको अग्रिम सुनिश्चितताका लागि आगामी वर्षको बजेट बाट सम्बोधन हुने गरी १२ अर्ब ७६ करोड रुपैयाँको स्रोत सुनिश्चितताको पत्र आएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । ‘बजेटपछि मल आयातको प्रक्रिया थाल्दा ढिलाइ हुने भएपछि अहिल्यै टेन्डर गर्नेगरी उक्त रकम सुनिश्चित भएको छ, कृषि सामग्री र साल्ट ट्रेडिङले टेन्डरको सूचना पनि निकाली सकेका छन्’ प्रवक्ता सञ्जेलले भने ।

कृषि सामग्रीलाई ७० र साल्टलाई ३० प्रतिशत खरिद अनुमति दिने सम्झौता अनुसार ७५ हजार मेट्रिकटन मल आयातको ठेक्का सूचना निकालिएको उनले बताए । थप ६७ हजार मेट्रिकटन मल आयातका लागि फेरि सूचना जारी गरिने मन्त्रालयको भनाइ छ ।
केही समय अघि मन्त्रालयकै प्रस्तावमा अर्थले मल खरिदको स्रोत सुनिश्चितताकै लागि ११ अर्ब ७५ करोड रुपैयाँ दिने सहमति दिएको थियो । उक्त रकम भने भारत सँग भएको जीटूजी सम्झौता अनुसारको मल खरिदका लागि खर्च गरिने मन्त्रालयको भनाइ छ ।

जीटूजीको एक लाख ५० हजार र ग्लोबल टेन्डरबाट खरिद हुने एक लाख ४२ हजार गरी अर्को वर्ष कुल २ लाख ९२ हजार मेट्रिकटन मल आयात सुनिश्चित गर्न खोजिएको मन्त्रालयले जनाएको छ । दुवै स्रोत बाट प्राप्त हुने मल धानको सिजनकै लागि हुनेगरी ल्याउन छलफल भइरहेको उनको भनाइ छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports