विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नियम विपरीत ब्याजदर परिवर्तन बारे राष्ट्र बैंकले १४ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गरायो

546
shares

बैंकहरुले मनपरी ढंगले ब्याजदर बढाउने गरेको पाइएको छ । पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव भएपछि निक्षेप तान्न बैंकहरुले मनपरी ढंगले ब्याज दिने गरेको पाइएको हो ।

बैंकहरुले नियम विपरीत ब्याजदर परिवर्तन गर्ने गरेको पाइए पछि राष्ट्र बैंकले १४ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक साथै नेपाल बैंक, नबिल बैंक, एनएमबी बैंक र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको हो ।

विभागका अनुसार नेपाल एसबीआई बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सेन्चुरी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई समेत नियम विपरीत ब्याजदर नबढाउन सचेत गराइएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन तथा परिपत्र अनुसार बोलकबोलका आधारमा संकलन हुने मुद्दति निक्षेप तीन महिना सम्म परिवर्तन गर्न पाइँदैन । तर यी बैंकहरुले नियम विपरीत तीन महिना नपुग्दै ब्याजदर बढाए पछि राष्ट्र बैंकले एक्सन लिएको हो । पहिलो पटक भएकाले बैंकका सीईओहरुलाई राष्ट्र बैंकले सचेत मात्रै गराएको छ।

यसैगरी कल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत बिन्दु भन्दा बढीले फरक पार्न नपाइने व्यवस्था छ । यो व्यवस्था समेत केही बैंकहरुले उल्लङ्घन गरेका छन् । उता वैधानिक तरलता अनुपात कायम नगर्ने केही बैंकलाई भने आर्थिक जरिवाना समेत गरिएको राष्ट्र बैंकले बताएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports