तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१२ जना सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ

507
shares

काठमाडौं महानगरपालिका-१२ त्रिपुरेश्‍वर स्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको आरोपमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटी बाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका-१ घर भई काठमाडौं गोंगबु मिलन टोल बस्ने २९ वर्षीय अमृत थापा, रोल्पा माडी गाउँपालिका-४ घर भएका २४ वर्षीय प्रज्वल खड्का, बाग्लुङ नगरपालिका-८ घर भई काठमाडौं सामाखुशी बस्ने ३० वर्षीय रञ्जित कार्की, बेनी नगरपालिका-५ घर भई काठमाडौं मनमैजु बालाजु बस्ने ३३ वर्षीय रामजी परियार रहेका छन् ।

यस्तै ललितपुर महांकाल घर भएकी ३६ वर्षीया गोमा बजगाई, पाल्पा पूर्व खोला गाउँपालिका-५ घर भएका ३३ वर्षीय जिवन कुमार श्रेष्ठ, रामेछाप गागल गाउँपालिका-८ घर भएका ३७ वर्षीय मिठे मगर, ललितपुर महाकाल गाउँपालिका-२ घर भएका रमेश बजगाई, काभ्रेपलाञ्चोक कटुन्जेबेशी गाउँपालिका-४ घर भएका २५ वर्षीय सन्दिप मैनाली, सिन्धुली दुधौली नगरपालिका-६ घर भएका २१ वर्षीय अभिषेक मगर, दैलेख आठबीस नगरपालिका-३ घर भएका २२ वर्षीय निरञ्‍जन तिवारी र धादिङ थाक्रे गाउँपालिका-४ घर भएका २४ वर्षीय मदन तामाङ रहेका छन् ।

प्रहरीले उनीहरूको साथ बाट किर्ते गरिएका विभिन्न सरकारी कागजातहरू ४ थान, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवम् निजी छाप २० थान समेत बरामद गरेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports