विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले सँग चुनावी सहकार्यको ढोका बन्द गरेका छैनौ : वर्षमान पुन

559
shares

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूहरूले एमाले सँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन् । पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धन आवद्ध काँग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादी सँग तालमेलमा जोड दिने तर, एमाले सँग पनि ढोका बन्द नराख्ने नीति आफूहरूको रहेको बताए ।

‘सत्ता गठबन्धनका दलहरू बीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ’, पार्टीको लुम्बिनी प्रदेश बैठकलाई बुधबार सम्बोधन गर्दै पुनले भने, ‘एमाले सँग पनि ढोका बन्द छैन ।’ यद्यपि माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको उनको दावी छ ।

‘चुनावी तालमेल र सहकार्यलाई अस्वीकार गर्दैनौं, तर आफ्नै बलमा चुनाव लड्न सक्षम छौं’, पुनले भने । उनले बहुमत स्थानीय तह जितेका कांग्रेस एमालेका जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । तर, माओवादीले जितेका स्थानीय तहमा राम्रो र नमुना योग्य काम भएको उनको भनाइ छ । कार्यसम्पादनमा उत्कृष्ट पाँच पालिका मध्ये तीन पालिका माओवादीले जितेका भए बाट पनि माओवादीले स्थानीय तहमा राम्रो गरेको प्रमाणित हुने उनले बताए ।

‘देशभर उत्कृष्ट ठहरिएका पाँच मध्ये तीन हामीले जितेका पालिका भएका छन्, यसले पनि हाम्रो क्षमता दर्साउँछ’, उनले भने । माओवादीले जितेका ११६ वटै पालिकामा अन्य दलले जितेका भन्दा राम्रो काम भएको दाबी उनले गरे ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports