विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न सांसदहरुलाई निर्देशन दिए

585
shares

नेकपा एमालेका अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न सांसदहरुलाई निर्देशन दिएका छन् । बुधबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा विजय हासिल गर्न लागि कसरी खट्नुपर्छ भनेर निर्देशन दिएको पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

ओलीले वर्तमान सरकारले कुनै पनि राष्ट्रिय गौरवका आयोजना अघि बढाउन नसकेको, सरकार पूर्ण रुपमा असफल भएको र देशलाई रसातलमा पुर्याउन लागेको बताएका थिए । उनले यस्तो अवस्थामा एमालेले रमिते भएर बस्न नसक्ने र सशक्त रुपमा प्रतिवाद गर्ने बताएका थिए ।

अध्यक्ष ओलीले आगामी चुनावमा एमालेले ६५ देखि ७० प्रतिशत सिटमा विजय हासिल गर्ने बताए । उनले ७ सय ५३ वटा स्थानीय तह र ६ हजार बढी वडाहरू एमाले एक्लैले चुनाव लड्ने बताएका थिए । बैठक पछि सञ्चारकर्मी सँग बोल्दै एमाले प्रमुख सचेतक भट्टराईले मंसिर २८ देखि चैत १ गते सम्मको दशौं अधिवेशनमा सभामुखले १९ पटक बैठक तोकेको र बैठक ११ दिन बसेकोमा सो बैठकमा सरकारले आफ्नो उद्देश्य पूरा गर्ने काम मात्र गरेको र जनताको कुरा नउठाएको बताए ।

एमाले माथि भएको असमान व्यवहार र विभेद विरुद्ध लामो समय देखि एमालेले संसदको वेल घेराउ गरिरहेको बताउँदै उनले भने– ‘संसदमा वेल घेराउ र नाराबाजी भएको बेला दुनियाँमा कहिँपनि संसद चलाइँदैन । अहिलेको सत्तारुढ दल र सभामुखले जोर जबर्जस्ती रुपमा प्रमुख प्रतिपक्षी दललाई पूर्ण रुपमा व्यवास्ता गरेर संसद चलाइयो । त्यो बीचमा उहाँहरुले एमसीसी पास गर्नुभयो ।

त्यो एमसीसीलाई सन् २०१७ मा उहाँहरुले नै अमेरिकामा सम्झौता गर्नुभएको थियो । आफैले राष्ट्रघाती सम्झौता भनेर प्रचण्ड र माधव नेपालले एमसीसीमा ल्याप्चे लगाए । प्रधानमन्त्री देउवाले एकदिन पर्खेको भए उहाँहरुले व्याख्यात्मक सम्झौता बिना ल्याप्चे लगाउनुहुन्थ्यो । हामीले संसदीय क्रियाकलापमा भाग लिएका थिएनौं त्यसकारण त्यसमा हाम्रो स्वामित्व रहँदैन ।’ सचेतक भट्टराईले प्रतिनिधिसभाको कुनै अधिवेशन सुरु हुँदा संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा र अधिवेशन सकिएपछि संसदका कस्तो भूमिका निर्वाह भयो र सांसदहरुलाई पार्टी काममा जानका लागि निर्देशन दिन संसदीय दलको बैठक बस्ने गरेको जानकारी दिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports