विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्त सहित साना दलले पनि एउटै चुनाव चिह्न पाउने

624
shares

निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७३ वटा साना राजनीतिक दललाई पनि आफ्नै चुनाव चिन्ह दिने तयारी गरेको छ।

बुधबार बसेको आयोगको बैठकले जिल्लामा सक्रिय रहेको आधारमा साना दललाई उनीहरूकै चुनाव चिन्ह दिने बारे निर्णय गरेको छ। तर साना दलहरूले चैत ६ भित्र जिल्लाहरूमा पार्टीका संरचना लगायत विवरण खुल्ने कागजात आयोगमा पेश गरिसक्नुपर्नेछ। ०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। स्थानीय चुनावमा भाग लिनका लागि ७३ साना दल आयोगमा दर्ता भएका छन्। तर राष्ट्रिय मान्यता प्राप्त नगरेका साना दललाई स्वतन्त्र उम्मेदवारकै हैसियतको चुनाव चिन्ह दिने भएपछि विरोध हुँदै आएको थियो।

साथै दल दर्ता गर्दाका चुनाव चिन्ह मतपत्रमा राख्ने हो भने ती दलहरूले आफू सक्रिय रहेको जानकारी आयोगको केन्द्र र जिल्ला स्थित निर्वाचन कार्यालयमा दिनुपर्नेछ। आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ७५ अनुसार चुनाव चिह्नका लागि दललाई पत्राचार गर्ने निर्णय पनि गरेको छ।

आयोगले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि आफ्नो दलको कुन–कुन जिल्लामा जिल्ला स्तरको संगठनात्मक संरचना छन् त्यो खुलाएर पठाउन भनेको छ। साथै विवरण तयार गरी दलको केन्द्रीय पदाधिकारीले प्रमाणित गरी चैत ६ गते सम्म आयोगमा पेश गर्न निर्देशन समेत दिएको छ। आयोगमा विवरण नबुझाउने दललाई भने स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने चिन्ह नै प्रयोग गर्न दिइने आयोगको भनाइ छ।

स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७३ राजनीतिक दलका उम्मेदवारलाई दलको निर्वाचन चिह्न दिने सन्दर्भमा केही शर्त सहित दलका जिल्लागत क्रियाशीलता र सङ्गठनको विवरण उपलब्ध गराउन निर्देशन दिइएको हो। राष्ट्रिय दलका रुपमा नरहेका तर २०७४ सालको निर्वाचनमा भाग लिई निश्चित मत हासिल गरेका दललाई पुरानै निर्वाचन चिह्न दिनसक्ने अवस्था सिर्जना गर्न पहल र प्रक्रिया अघि बढाउने निर्णय भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।

अन्तिम नामावली प्रकाशन हुन पूर्वनै जुनजुन जिल्लाको मतपत्र छापेर पठाउन पर्ने हो, ती जिल्लाका हकमा अहिले उक्त दलको सङ्गठन संरचना र क्रियाशीलता रहन्छ त्यसका आधारमा आकलन गरी चैत १० गते भित्र मतपत्रको डिजाइन गर्न पर्ने भएकाले आयोगले दर्ता भएका ७३ दललाई संरचना सहितको विवरण माग गरेको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports