विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्व सुन्दरीको उपाधि पोल्यान्डकी क्यारोलिना बेइलावस्काले जितिन

637
shares

यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्यान्डकी क्यारोलिना बेइलावस्काले जितेकी छिन् ।

आज बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालीमा उनी विजेता घोषित भएकी हुन् । अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रन रअप घोषित भइन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहि¥याइन् ।

कोरोना महामारीको कारण यस पटकको फिनालीमा ४० जना सुन्दरीले मात्र भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२ मा छनौट हुन सकिनन् ।

मिस वर्ल्डको मुख्य विधा मानिने ब्यूटी विथ पर्पसको उपाधि पनि अमेरिकाले जितेको छ । क्यारोलिना पोल्यान्ड बाट विश्व सुन्दरी जित्ने दोस्रो प्रतिस्पर्धी हुन् । पीएचडी गर्ने तयारीमा रहेकी क्यारोलिना मोडल समेत हुन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports