विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन बिधार्थी संगठनको माग

637
shares

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग गरेको छ । अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि खारेजीको निम्ति सशक्त रुपमा सङ्घर्षको मैदानमा उत्रन आह्वान समेत गरेका छन् ।

हप्ता दिन नबित्दै फेरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँका दरले मूल्यवृद्धि गरी पेट्रोलको मूल्य प्रतिलिटर १५५, डिजेलको मूल्य प्रतिलिटर १३८ र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पुर्‍याइएको छ । साथै, हवाई इन्धनमा आन्तरिक तर्फ प्रतिलिटर १५ रुपैयाँ र अन्तर्राष्ट्रियत र्फ प्रतिकिलो लिटर २०० अमेरिकी डलर मूल्यवृद्धि गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पटकपटक सरकारले इन्धनमा गरेको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तु र सेवाको समेत मूल्यवृद्धि भइरहेको छ । यो अवस्थामा आम सर्वसाधारण नेपाली जनताको चुल्हो समेत नबल्ने गरी जीवन धान्नै मुस्किल बन्न पुगेको छ । तर, कोभिड–१९ बाट प्रताडित नेपाली जनतालाई राहत दिनुको सट्टा पटक–पटक मूल्यवृद्धि गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकार जनता प्रति गैर जिम्मेवार बन्नुका साथै दलाल र माफियाहरूको संरक्षण तथा नेतृत्व गर्नमै तल्लीन रहेको छ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports