तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कर्णाली प्रदेश कमिटिका सदस्यसहित दर्जनौ एमालेमा प्रवेश

468
shares

सुर्खेत । नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटिका सदस्यसहित दर्जन बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा समाजवादीका कर्णाली प्रदेश सदस्य एवम वीरेन्द्रनगर १० का वडाअध्यक्ष रत्नबहादुर विसि, प्रदेश कमिटि सदस्य जागुराम चौधरी सहितको टोलीलाई आज एमाले कर्णाली प्रदेश इन्चार्ज एवम स्थायी कमिटि सदस्य यामलाल कंडेलले प्रवेश गराएका हुन् ।

एमालेमा प्रवेश गर्नेहरुमा नेकपा एसकै जिल्ला कमिटि सदस्य विमला थापा, नगर सदस्य चन्द्रबहादुर सुनार, भक्त आले, नगर युवा अध्यक्ष हरि विसी, नगर सदस्य प्रविण शाही, मिनबहादुर थापा, दलित महिला सदस्य सुनिता चौधरी लगायत रहेका एमाले नेता डम्वर तिवारीले बताए ।

पार्टी प्रवेशका क्रममा प्रदेश सदस्य विसिले एमाले नै लोकतन्त्रको सच्चा पहरेदार भएको बताए । उनले भने– ‘विगत केहि समय हामीले बाटो विराएपनि आजै देखि हामी मूल घरमै समाहित भएका छौं ।’ उनले भने, ‘एमालेको नेतृत्वमा मात्रै दश विकास र समृद्धि सम्भव छ भन्ने निष्कर्षमा हामी पुग्यौं ।’
पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता कंडेलले एमालेको विकल्प एमाले नै भएको बताउँदै नवप्रवेशी सहित सबैलाई चुनावी अभियानमा होमिन निर्देशन समेत दिएका छन्।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports