२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यात्रु विहिन रेल एक दिन विराएर गुडाईने

728
shares

जनकपुरधाम । पछिल्लो एक महिनादेखि बिना यात्रु दिनहुँ गुड्दै आएको नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुड्ने भएको छ ।गत फागुन १ गतेदेखि दिनमा एक पटक बिना यात्रुको रेल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म गुडिरहेको छ । तर, अब महिनाको १५ दिन मात्रै रेल गुडाइने नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिएका छन् ।

उनका अनुसार अब एक दिन बिराएर रेल चल्नेछ ।होलीमा रेल बन्द गरिएको र होलीपछि एक दिन बिराएर गुडाइने उनले बताएका छन् । रेल गुडिरहे पनि आम्दानी भएको छैन ।महाप्रबन्धक झाले आम्दानी नभएसम्म लागत खर्च कम गर्ने उद्देश्यले एक दिन बिराएर रेल चलाइने बताएका हुन् ।

रेल गुडाउने अध्यादेश निष्कृय भएका कारण उद्घाटनको मिति निर्धारण हुन नसकेको पनि उनले बताए । ‘हामीले आफ्नो तर्फबाट सबै तयारी गरिसकेका छौं,’ उनले भने, ‘कर्मचारी नियुक्त भइसकेका छन् । भाडादर पनि निर्धारण गरिसकेका छौं । तर, कानुनको अभावमा यात्रुलाई बोकेर गुडाउन सकिएको छैन ।’

उनले संघीय सरकारले पुनः रेल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको भन्दै सम्भवतः सोमबारसम्म अध्यादेश आउने बताए । अध्यादेश आएर कानुन बनिसकेपछि उद्घाटन भएर रेल सेवा नियमित हुने उनले बताए ।

झाले फागुनको दोस्रो साता नै नेपाल र भारतका प्रधानमन्त्रीबाट संयुक्त रुपमा रेलको उद्घाटन गराउने तयारी भएपनि कानुनकै अभावमा हुन नसकेको बताए ।जनकपुर(जयनगर रुटमा रेल सन्चालन गर्नका लागि गत वर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल खरिद गरी ल्याएको थियो ।

भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडबाट खरिद गरिएको रेल सोही कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले २ असोज २०७७ मा नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए ।नेपाल रेल्बे कम्पनीका अनुसार रेल १६०० एचपी डेमुको हो ।

रेलको अगाडि र पछाडि समेत इन्जिन छ । प्रतिघण्टा १ सय १० किलोमिटरको गतीमा गुड्नसक्ने क्षमताको यो रेलले एकपटकमा करीब १३ सय यात्रुहरु बोक्न सक्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports