सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भावी नेतृत्वको लडाईंमा कांग्रेसको रडाको

507
shares

काठमाडौ । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफैँ पार्टीभित्रको आन्तरिक द्वन्द्वमा फसेको हुनाले उसले प्रतिपक्षी दलको भूमिका समेत निभाउन सकेको छैन । आफ्नै पार्टीभित्र नेपाली कांग्रेस संस्थापन पक्ष र प्रतिपक्षी जस्तो भएको छ । पार्टी सभापति शेरबहादुर देउवाका गलत क्रियाकलापको विरोध गर्ने नाममा कांग्रेस दुई खेमामा विभाजित भएको छ । गएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा नराम्रोसँग पराजित भएपछि पार्टीभित्र सभापति देउवाको विरोधले उग्ररुप लिँदै आएको छ ।

पार्टी सभापति देउवाको चार वर्षे कार्यकाल आगामी फागुनमा सकिने भएपनि कांग्रेसले महाधिवेशनको टुँगो लगाउन सकेको थिएन । त्यसै कारण सभापति देउवाले बुहमतको आधारमा पार्टीको १४ औं महाधिवेशन २०७७ को फागुनमा गर्ने कार्यतालिका प्रकाशित गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल सहित महामन्त्री डा. शशांक कोइराला समेतका नेताहरु र सभापति देउवाबीच बोलचाल नै बन्द भएको छ । वरिष्ठ नेता पौडेल पक्षले सभापति देउवाकै कारण पार्टी ध्वस्त हुन लागेको भन्दै वरिष्ठ नेता पौडेल सहित महामन्त्री लगायतका अन्य नेताहरुले सभापति देउवाका विरुद्ध मोर्चाबन्दी कस्दै लगेका छन् ।

कांग्रेसका विभिन्न भातृ संगठनहरुको पदावधि सकिएको लामो समय भइसक्दा समेत त्यस्ता संगठनहरुको निर्वाचन हुन नसकेको र विधान अनुसार पदावधि समेत नथपिएको हुनाले कांग्रेसका भातृ संगठनहरु अलपत्र परेका छन् । पार्टीको नियमित बैठकमा पौडेल पक्षका नेताहरु सहभागि नभएकाले सभापति देउवाले केही दिन पहिला बहुमतका आधारमा पार्टीको महाधिवेशन लगायतका कार्यक्रमहरु सार्वजनिक गरेपछि पार्टीभित्रका आन्तरिक द्वन्द्व चरम उत्कर्षमा पुगेको छ । पार्टीभित्रको आन्तरिक द्वन्द्व भनेको आउँदो महाधिवेशनमा आ आफ्नो गुटको जित हारको अवस्थालाई लिएर विवाद उत्पन्न भएको हो ।

सभापति देउवा पार्टीको १४ औं महाधिवेशनबाट फेरी सभापति बन्न चाहान्छन् भने वरिष्ठ नेतासहित महामन्त्री कोइराला लगायत कोइराला परिवार र कृष्णप्रसाद सिटौला पक्षीय नेताहरु जसरी भएपनि आउँदो महाधिवेशनबाट देउवालाई पाखा लगाउने रणनीतिका साथ पौडेल पक्षमा गएका हुनाले पार्टीभित्रको आन्तरिक द्वन्द्व चरम उत्कर्षमा पुगेको छ ।

पार्टी इतर पक्षबाट आगामी महाधिवेशनमा सभापतिका उम्मेदवार कसलाई बनाउने निर्णय नगरेको भएपनि पौडेल नै उम्मेदवार बन्न सक्ने अवस्था देखिएको खण्डमा संस्थापन इतर पक्षमा फेरी विवाद उत्पन्न हुन सक्ने सम्भावना रहेको देखिन्छ । अर्कातर्फ संस्थापन पक्षबाट भने देउवा नै एक्ला उम्मेदवार बन्ने निश्चित जस्तै भएकाले अहिलेको कांग्रेसभित्रको लडाई भावी नेतृत्वको लागि भएको पुष्टि भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports