सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टिचिङ लाइसेन्सको परीक्षाको पाठ्यक्रम परिमार्जन गरी वस्तुगत प्रश्न मात्र सोध्ने निर्णय

1.43K
shares

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुपति पत्र (टिचिङ लाइसेन्स)को परीक्षाको पाठ्यक्रम परिमार्जन गरी वस्तुगत प्रश्न मात्र सोध्ने निर्णय गरेको छ । यो निर्णय यही चैत २ गते देखि नै यो लागु भएको आयोगले जनाएको छ ।

आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्नहरु सोध्ने गर्दथ्यो । अब देखि प्रतिप्रश्न दुई अंकको दरले ५० वटा वस्तुगत प्रश्न सोधिने छ । यस अनुसार परीक्षा १०० पूर्णाङ्कको हुने छ । पास हुन ५० नम्बर ल्याउनुपर्छ । शिक्षक सेवा आयोगका उपसचिव एवम् सूचना अधिकारी सुदर्शन मरहठ्ठाले मावि र निमावि तहको टिचिङ लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय भएको जानकारी दिए । ‘पहिलेको परीक्षा बोझिलो भएकाले सरलीकृत गर्नुपर्छ भन्ने उद्देश्य अनुसार यो निर्णय आयोगले गरेको हो,’ मरहठ्ठाले भने ।

‘गत एक वर्ष हामीले अध्यापन अनुमति पत्रको लागि विषयगत गरेका थियौं । त्यो अलि बोझिलो पनि भयो । त्यो त्यति व्यवहारिक पनि भएन भनेर हामीलाई धेरै ठाउँ बाट सुझाव पनि आयो,’ उनले भने । शिक्षक सेवा आयोगले २०६१ सालदेखि टिचिङ लाइसेन्सको परीक्षा लिन थालेको हो । विगतमा प्रावि तहको पनि टिचिङ लाइसेन्स परीक्षाको व्यवस्था थियो ।

निमावि र मावि तहको परीक्षाको पाठ्यक्रम परिमार्जन गर्दा आयोगले प्रावि बारे भने निर्णय गरेको छैन । त्यसको कारण बारे आयोगका सूचना अधिकारी मरहठ्ठाले भने, ‘निमावि र प्राविको शैक्षिक योग्यता एउटै छ । त्यसैले अहिलेलाई प्राविको लागि भनेर निर्णय भएन ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports