सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब उम्मेदवारको बैक खाता अनिर्वाय,खर्च बैकमार्फत गर्नुपर्ने

559
shares

काठमाडौँ । आगामी निर्वाचनमा भाग लिने उम्मेदवारको अनिवार्य बैंक खाता चाहिने भएको छ । उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले  हिजो बिहीबार राजपत्रमा प्रकाशित गरेको निर्वाचनसम्बन्धी आचारसंहितामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवारी अधिकारी पनि तोक्नुपर्नेछ ।

त्यस्ता अधिकारीको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा पेश समेत गर्नुपर्नेछ । यस्तै आर्थिक सहायता पारदर्शिताको लागि पनि आयोगले आवश्यक व्यवस्था गरेको छ । जसअनुसार २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक खाता अनिवार्य गरिएको छ ।

‘२५ हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक तथा वित्तीय संस्थामार्फत गर्ने’, आचारसंहितामा भनिएको छ, ‘व्यक्ति वा संस्थाबाट चन्दाको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाइ दिइ खण्ड (क)वा (घ) बमोजिम उम्मेदवारको वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्ने ।’

यस्तै आम्दानी तथा खर्चको विवरण प्रचलित कानून बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्ने पनि आचारसंहितामा भनिएको छ । यस्तै निर्वाचन सम्पन्न भएपछि खर्चको विवरण सार्वजनिक गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports