विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एडीबी बाट हुने सहयोगका योजना द्रूत गतिमा अघि बढाउन आग्रह : मन्त्री झाँक्री

663
shares

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एसियाली विकास बैंक (एडीबी)बाट हुने सहयोगका योजना द्रूत गतिमा अघि बढाउन आग्रह गरेकी छिन् ।

शुक्रबार मन्त्रालयमा एडीबीका प्रतिनिधि सँगको छलफलमा मन्त्री झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने बताइन् । ‘हामी सँग समय सीमित छ, गर्नुपर्ने कामहरू धेरै छन् । सके सम्म सीमित अवधिमा पनि धेरै काम गरौँ भन्ने पक्षमा छौं,’ उनले भनिन्, ‘एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस हाम्रो चाहना छ ।’ मन्त्री झाँक्रीले राष्ट्रिय शहरी नीति परिमार्जन तथा शहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले संघीयता अनुसारका शहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताइन् ।

छलफलमा पूर्वाधार निर्माणमा भइरहेका काम र आगामी दिनमा सहकार्य गर्न सकिने लगानीको क्षेत्रको विषयमा मन्त्री झाँक्री र एडिबीका प्रतिनिधि बीच कुराकानी भएको छ ।मनिला स्थित एडीबीका प्रतिनिधि केनिचि याकोयामाले मन्त्रालय सँग आफूहरू सधैं सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान दिनुपर्ने बताए ।

उनले शहरीकरणको गुजरात मोडल अनुसार अब बन्ने शहरीकरणका परियोजना बनाउन सुझाव दिएका छन् । हाल एडिबीको लगानीमा नेपालमा भइरहेका कामको समिक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जानकारी दिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports