विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तेल ट्याङ्करमा आगलागी हुँदा एक जनाको मृत्यु

611
shares

वीरगञ्ज । बारामा तेल ट्याङ्करमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज बस्ने ३० वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो । बिहीबार अपराह्न १६ः४० बजे अमलेखगञ्ज स्थित आयल निगम भित्र ना.४ ख.२६५६ नं.को पेट्रोल ट्यांकरमा आगलागी भएको थियो ।

पेट्रोल अनलोड गर्न पार्किङ गरी राखेको अवस्थामा ब्याट्रीको तार सर्ट भइ ट्यांकरको क्याबिनमा आगलागी हुँदा सहचालक श्रेष्ठ घाइते भएका थिए । शरीर जलेर गम्भीर घाइते भएका उनलाई सुरुमा सिमरा स्थित अल्पाइन अस्पतालमा लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुर स्थित वर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । शुक्रबार बिहान ८ बजे अस्पतालले उनको मृत्यु भएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

ट्यांकरमा लागेको आगो बिहीबार साँझ ५ बजे नै नियन्त्रणमा लिइएको थियो । आगो निभाउने क्रममा भारत गोरखपुर घर भई आयल निगममा इलेक्ट्रीसियनको काम गर्दै आएका २५ वर्षीय रामलखत प्रजापति सामान्य घाइते भएका थिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports