प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तीन दिनमा बैंकिङ च्यानलमा थप ७ अर्ब रुपैयाँ तरलता थपियो

650
shares

तीन दिनमा बैंकिङ च्यानलमा थप ७ अर्ब रुपैयाँ तरलता (लगानी योग्य पुँजी) थपिएको छ । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार गत फागुन २७ गतेदेखि ३० गते सम्म (तीन दिन) मा २७ वटा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले बढेर ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको हो ।

अघिल्लो हप्ता अर्थात् फागुन २० गते देखि २७ गते सम्ममा यस्तो निक्षेप बैंकहरुले जम्मा २ अर्ब रुपैयाँले मात्रै बढाउँदै कुल ४३ खर्ब २६ अर्ब रुपैयाँ संकलन गरेका थिए । यस्तै, समीक्षा अवधिमा बैंकहरुले कर्जा लगानी समेत ३ अर्बले वृद्धि गर्दै कुल ४१ खर्ब ७२ अर्ब रुपैयाँ लगानी गरेको संघले जनाएको छ । तर, अघिल्लो हप्ता अर्थात् फागुन २० गते देखि २७ गते सम्ममा बैंकहरुले एक अर्ब रुपैयाँले कर्जा घटाउँदै कुल ४१ खर्ब ६९ अर्ब रुपैयाँ मात्र लगानी गरेका थिए ।

पछिल्लो समय बैंकमा निक्षेप बढ्न थालेपछि बैंकहरुले लगानी बढाउन थालेका हुन् । क्रमिक रुपमा निक्षेप बढ्न थालेपछि मुलुकमा विस्तारै लगानीको वातावरण बन्दै गएको देखिएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports