linktrix Long Ad
Salt Trading Long Ad

मुख्यरजिष्ट्रार कुँवरले उच्च अदालतको न्यायाधीश पद अस्वीकार गरे

598
shares

काठमाडौं । सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार लालबहादुर कुँवरले उच्च अदालतको न्यायाधीश पद अस्वीकार गरेका छन् । न्यायपरिषदले २६ फागुनमा कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

सर्वोच्च अदालतको मुख्यरजिष्ट्रार पद मुख्यसचिव सरहको हो । मुख्यरजिष्ट्रारहरु उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस हुने प्रचलन रहेकोमा आफूलाई न्यायाधीशमा सिफारिस गरिएको भन्दै कुँवर असन्तुष्ट थिए । सिफारिसको डेढ साता पछि कुँवरले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आफू उच्च अदालतको न्यायाधीशका लागि अनिच्छुक रहेको भनी निवेदन दिएका हुन् ।

‘मलाई हालका लागि मुख्यरजिष्ट्रार पद नै उपयुक्त छ । उच्च अदालतको न्यायाधीशमा जाने कुनै रुची छैन भनी लिखित निवेदन दिएको हो’ सर्वोच्च अदालत प्रशासन स्रोतले भन्यो, ‘अहिले मुख्यरजिष्ट्रार पदमा नै कार्यरत रहिरहन पाँउ भनी उहाँले लिखित निवेदक बुझाएका हुन् ।’

एउटा मात्रै पद भएकाले सर्वोच्च अदालतका मुख्यरजिष्ट्रारलाई अन्यत्र सरुवा गर्न मिल्दैन । कुँवर उच्च अदालतको मुख्यन्यायाधीशको आकांक्षी भए पनि न्यायपरिषदले उनलाई उच्च अदालतको न्यायाधीशमा मात्रै सिफारिस गरेको हो । कुँवरलाई उच्च अदालतको न्यायाधीशमा मात्रै सिफारिस गरेकोमा सर्वोच्च अदालतका केही कर्मचारी समेत असन्तुष्ट छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports