linktrix Long Ad
Salt Trading Long Ad

भोजपुरको साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष माथि बहुविवाहको आरोप

598
shares

काठमाडौं । भोजपुरको साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राई माथि बहुविवाह गरेको आरोप लागेको छ ।

२ मंसिरमा नेपाली कांग्रेसकी एक जना केन्द्रीय सदस्य सँग पहिलो विवाह गरेका गाउँपालिका अध्यक्ष राईले त्यसको ११ दिनपछि फेरि ललितपुरकी अर्की महिला सँग विवाह गरेको आरोप लागेको हो । राई सँग विवाह गरेको विवाह दर्ता प्रमाण पत्र भेटेपछि १३ मंसिरमा विवाह गर्ने ललितपुरकी महिलाले महानगरीय प्रहरी परिसर, टेकु अन्तरगतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, कालिमाटीमा किटानी जाहेरी दिएकी छन् ।

काठमाडौं प्रमुख प्रमुख एसएसपी सुदीप गिरीले गाउँपालिका अध्यक्ष राई विरुद्ध बहुविवाहको उजुरी आएको  पुष्टि गरे । ‘एक जनाले महिलाले आफू जेठी श्रीमती भएको बताउँदै उजुरी दिनुभएको छ’ गिरीले भने, ‘त्यही आधारमा दुई पटक छलफल समेत गराएका थियौं ।’तर कागजी रुपमा अर्कै महिला सँग अगाडि विवाह भएको देखिएकाले जेठी र कान्छी नै छुट्टयाउन गाह्रो परेको उनले बताए । ‘यो विषयमा अनुसन्धान भइरहेको छ, उजुरी दिनेले रितिरिवाज अनुसार मगनी गरेको भन्नु भएको छ’ गिरीले भने, ‘थप बुझ्ने काम भइरहेको छ ।’

पीडित महिलाका दाइका अनुसार राईकी श्रीमतीको गत जेठ महिनामा निधन भएको थियो । त्यसपछि उनले ललितपुर बस्दै आएकी आफ्नी बहिनी सँग मगनी गरेका थिए । बिहेको प्रस्ताव षडानन्द नगरपालिका दिङ्लाका मेयर बीरबल राईले आफू कहाँ ल्याएको दाइ बताउँछन् । १३ मंसिरमा विधिवत् रुपमा विवाह गरेका अध्यक्ष राई माघ महिना बाट सम्पर्क विहीन भएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

‘त्यसपछि खोजी गर्दा उनले मंसिर २ गते नै विवाह गरेको सोही गाउँपालिकाको वडा नं. २ मा विवाह दर्ता गरेको पाइएको थियो’ दाइले भने, ‘त्यसपछि काठमाडौं प्रहरी परिसर, टेकुमा जानकारी गराएका थियौं, त्यहाँबाट महिला सेलमा हामीलाई पठाइएको थियो ।’ यस विषयमा बुझ्न पटकपटक अध्यक्ष राईलाई फोन गर्दा उनले फोन उठाएनन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports