प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्म एक खर्ब ८३ अर्ब २१ करोड लगानी गर्यो

572
shares

काठमाडौं । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका लागि विश्वासिलो स्रोतका रुपमा रहेको नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्म रु एक खर्ब ८३ अर्ब २१ करोड लगानी गरेको छ । सो अवधिमा कोषले मुद्दती निक्षेपमा रु एक खर्ब पाँच अर्ब ९१ करोड, सरकारको ऋणपत्रमा रु एक अर्ब पाँच करोड, सङ्गठित संस्थाको शेयर/धितोपत्रमा रु १६ अर्ब ७३ करोड, सहभागी सापटी तथा आवास कर्जामा रु ३६ अर्ब एक करोड र समयकालीन कर्जामा रु २१ अर्ब ६४ करोड लगानी गरेको छ ।

चालु आवको ६ महिनामा कोषको खुद कोष मौज्दात रु एक खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ रहेको ३२ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले जानकारी दिए । उनले सुरक्षित र उच्च प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनालाई उच्च प्राथमिकतामा राखी कोषले लगानी गर्दै आएको बताए । कार्यकारी निर्देशक नेपालले आगामी दिनमा कोषको लगानी पूर्वाधार विकासका क्षेत्रमा बढाउने प्रतिबद्धता व्यक्त गरे।

विसं २०४८ मा स्थापना भएको कोषले विभिन्न १२ वटा योजना मार्फत आठ लाख भन्दा बढी सहभागीलाई आबद्ध गराई आफ्नो सेवा देशभर विस्तार गरेको उनले बताए । कोषले सञ्चालनमा ल्याएका योजनामा सहभागी हुने सम्भावना भएका सङ्घसंस्थालाई आवद्ध गर्न र ती संस्थाको दीर्घकालीन दायित्वलाई व्यवस्थापन गर्न/गराउन सेवाग्राहीको नजिक पुग्ने उद्देश्यले काठमाडौँ बाहिर विराटनगर, पोखरा तथा बुटवलमा शाखा कार्यालय सञ्चालनमा ल्याइएको उनको भनाइ छ । कार्यकारी निर्देशक नेपालले आगामी वर्ष सुदूरपश्चिमको अत्तरिया र कर्णाली प्रदेशको सुर्खेतमा शाखा कार्यालय विस्तार गरिने बताए ।

पूँजी बजारमा संस्थागत लगानी भित्र्याउने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी स्थपना गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । कम्पनीमा कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको नौ प्रतिशत शेयर स्वामित्व रहेको छ । ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याइएको छ । नागरिक स्टक डिलर नेपालको पहिलो स्टक डिलर हो । स्टक डिलरले पूँजी बजारको विकास, विस्तार र विस्वसनीयतामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

कोषले विभिन्न सात प्रकारका योजना सञ्चालनमा ल्याएको छ । कोषले कर्मचारी बचतवृद्धि कार्यक्रम स्वीकृत अवकाश कोष योजना, अवकाश कर्जा, राष्ट्र सेवक कर्मचारीको सावधिक जीवन बीमा कार्यक्रम, लगानीकर्ता हिसाब योजना, उपदान कोष योजना, नागरिक एकाङ्क योजना र नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports