२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने लोभ छैन, पापीहरू पनि छैनन

780
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी विचारमा विशाल भएको तर्क गरेका छन्। पोखरामा शनिबार जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले संख्यामा सानो भए पनि विचार र एजेण्डामा बलियो भएको जिकिर गरेका हुन्।

स्पष्ट विचार र एजेण्डा बोक्ने पार्टी संख्यात्मक हिसाबमा विस्तारै माथि आउने भन्दै उनले भारतको भारतीय जनता पार्टी र पाकिस्तानको पीटीआई पार्टीको उदाहरण दिए। विचारकै कारण नरेन्द्र मोदीको नेतृत्वमा भाजपा भारतमा उदाएको र पाकिस्तानमा इमरान खानको नेतृत्वमा पीटीआई सबैभन्दा ठूलो दल बनेको भन्दै थापाले राप्रपा नेपाल पनि भविष्यमा ठूलो दल बन्ने दाबी गरे।

‘बिउ सानै हुन्छ। तर असल जातको बिउ रोप्यौं र राम्रो रेखदेख गर्‍यौं भने राम्रो फल्छ,’ उनले भने, ‘भारतमा हामी जस्तै विचार बोकेका, सनातन धर्मसंस्कृति रक्षार्थ १९८० मा स्थापित भाजपामा सुरुवातमा दुई जना मात्रै सांसद थिए। आज नरेन्द्र मोदीको नेतृत्वमा झण्डै दुई तिहाइ ल्याएर सनातन धर्म रक्षा गरी विकास र समृद्धिको दिशामा अघि बढेको छ।’

उनले थपे, ‘पाकिस्तानमा इमरानको खानको पार्टीले सुरुमा एक सिट मात्रै जितेको थियो। विचारले जनताको मन जित्दा आज ठूलो पार्टी छ। हामी आज सानो छौं। तर लोकतान्त्रिक हिन्दूराष्ट्र, सुशासन र समृद्धिको बाटोमा हिँडेका छौं। हामी संख्यात्मक कम भए पनि भावनात्मक रुपले एकत्रित छौं। विचारमा बलियो छौं।’

उनले विचार र एजेण्डाले पार्टी बन्ने भन्दै लोभी पापी र स्वार्थीहरुले छोड्दैमा केही फरक नपर्ने बताए। आफ्नै समूहका नेताहरुले पनि राप्रपा छोड्न नमानेको र राप्रपा नेपालमा फर्किएर साथ नदिएकोमा गुनासो गर्दै उनले भने, ‘भीडमा शक्ति हुँदैन। भीड जम्मा गर्ने अनुशासनहीन, स्वार्थीहरु नखोज्नुस्। मैले धेरैलाई मेयर उपमेयर बनाएको छु। मन्त्री सांसद बनाएको छु। अहिले लोभी पापीहरु अधिकांश मेरो साथमा छैनन्। केही चिन्ता छैन। स्वार्थ बोकेको समूहले काम दिँदैन भन्ने अहिले पुष्टि भएको छ। भीड जम्मा गर्ने भन्दा सत्यको बाटोमा हिँड्नुस्।’ थापाले राप्रपा नेपाल आउने चुनावमै जित्छु भनेर नबनेको भन्दै धर्म संस्कृतिक जगेर्ना गर्ने पार्टीका रुपमा भावी पुस्तालाई आधार तयार गर्न अग्रसर भएको बताए।

‘राप्रपा राजतन्त्र पुनर्स्थापना संघर्ष समिति बन्यो’

कार्यक्रममा अध्यक्ष थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा राजतन्त्र पुनर्स्थापना संघर्ष समिति बनेको आरोप लगाए। ‘सैद्धान्तिक विचलनलाई टुलुटुलु हेरेर बस्न सकिएन। हामी एउटा सपना र परिकल्पना बोकेर हिँडेका हौं। जब त्यसमा आघात पुग्यो, सपना हाइज्याक भयो। पार्टी अपहरण गरियो,’ उनले भने, ‘उनीहरु बलियो प्रजातान्त्रिक शक्ति होइनन्। राप्रपालाई राजतन्त्र पुनर्स्थापना गर्ने संघर्ष समिति बनाउन चाहन्छन्।’

समाज बदल्न, सकारात्मक परिवर्तन ल्याउन, भ्रष्टाचार नियन्त्रण गरेर सुशासन ल्याउन, गरिबी, बेरोजगारी हटाएर आर्थिक समृद्धि ल्याउन राप्रपा नेपाल गठन भएको उनको भनाइ छ। ‘तर यसबाट विचलित भएर राजतन्त्र पुनर्स्थापना समिति बनेपछि हामी अपमानित भएर एउटा कुनामा बस्न सकेनौं,’ थापाले सुनाए, ‘निर्मल निवासले राप्रपालाई रिमोट कन्ट्रोल बाट चलाउन खोजेपछि, आफ्नो विचार सपना र परिकल्पनालाई जीवन दिन फागुन ७ गते राप्रपा नेपाललाई पुनर्जागृत गरायौं।’

धर्म संस्कृति रक्षा गरेर विकास गर्न सकिन्छ भन्ने आफूहरुको मान्यता रहेको उनको भनाइ छ।थापाले राजा र राज संस्थाप्रति सम्मान रहेको पनि बताए। ‘पृथ्वीनारयण शाह, महेन्द्र र वीरेन्द्र प्रति उच्च सम्मान छ। तर अहिलेको धरातलीय यथार्थलाई दृष्टगत गर्दै राजसंस्थाको एजेण्डालाई कार्यगत नीतिमा राखेका छैनौं,’ उनले स्पष्ट पारे।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports