२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदीय दल गठन गर्दै काँग्रेस

806
shares

सत्तारूढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ११ गते बस्ने भएको छ ।सो बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गर्न संसदीय समिति गठनको निर्णय गर्नेछ ।

काँग्रेसका मुख्य सचिव एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले चैत ११ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बस्ने तय भएको बताए ।उनका अनुसार, बैठकमा स्थानीय तह निर्वाचनको तयारीका सन्दर्भमा छलफल हुनेछ । साथै ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा पनि बैठकमा हुनेछ । बैठकले संसदीय समिति गठनका विषयमा छलफल गरी निर्णय गर्नेछ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा काँग्रेसले संसदीय समिति गठनको तयारी गरेको हो ।

संसदीय समितिमा केन्द्रीय पदाधिकारी सहित २५ जना रहने व्यवस्था छ । उक्त समितिले उम्मेदवार तय गर्ने र टिकट वितरण गर्ने कार्य गर्नेछ । काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर फागुन २९ गते देखि चैत २९ गते सम्म एक महिने अभियान सञ्चालन गरिरहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports