सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा विभाजित हुन सक्ने

481
shares

काठमाडौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष मध्येका एक प्रधानमन्त्री रहेका छन् भने अर्का अध्यक्ष कार्यकारी अध्यक्ष रहेका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपश्चात् गठन भएको नेपाल कम्युनिष्ट पार्टीले गएको प्रतिनिधिसभामा एक्लै बहुमत ल्याएको थियो भने ७ प्रदेशसभामध्येका ६ वटा प्रदेश सभामा समेत बहुमत ल्याएर सरकार समेत सञ्चालन गरिरहेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाले केही समय पहिला अब पूर्व एमाले र पूर्व माओवादी कोही नभएको भन्दै सबै कार्यकर्ता तथा नेताहरु नेपाल कम्युनिष्ट पार्टीका भएको अभिव्यक्ति दिएका थिए ।

प्रतिनिधिसभाका तत्कालिन सभामुख कृष्णबहादुर महरा आफ्नै कार्यालयकी कर्मचारीलाई यौन दुव्र्यवहार गरेको काण्डमा राजीनामा दिन बाध्य भएका थिए हाल उनी अदातको आदेश अनुसार थुनामा रहेका छन् । त्यही कारण सभामुख पद रिक्त रहेको छ । पछिल्लो समयमा सभामुख आफ्नो पक्षले पाउनुपर्ने भन्दै पार्टी अध्यक्ष दाहालले गोप्य बैठकहरु गरिरहेका छन् । केही दिन पहिला नेकपाकै सचिवालय सदस्य एवं नेकपा प्रस्ताविन उपाध्यक्ष वामदेव गौतमको भैसेपार्टी निवासमा गौतमसहित झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठको उपस्थितिमा गोप्य बैठक समेत गरेर सभामुख पूर्व माओवादी पक्षले पाउनुपर्ने निर्णय समेत गरेका छन् ।

पार्टीका दुई अध्यक्ष मध्येका एक प्रधानमन्त्री केपी ओलीलाई थाहै नदिई थोप्य बैठक गर्नु अध्यक्ष दाहालकै लागि अहिले घाँडो सावित भएको छ । आफैँले अब पूर्व माओवादी र पूर्व एमाले कोही नरहेका अभिव्यक्ति दिने र सभामुख पद भने पूर्व माओवादी पक्षले नै पाउनुपर्दछ भन्ने अडान लिइनु अध्यक्ष दाहालको बोलीमा टुँगो नहुनु हो । पूर्व एमालेमा पहिला देखि नै केपी ओली र माधव नेपालका गुट थिए त्यसमा विस्तारै गौतमले समेत आफ्नो गुट निर्माण गरेका थिए ।

पछिल्लो समयमा केपी ओली र माधव नेपालबीचमा राम्रो सम्बन्ध हुन नसकेको हुनाले त्यसको फाइदा उठाउने उदेश्यले अध्यक्ष दाहालले नेता नेपाललाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । सभामुख कुन पक्षले लिने भन्दा पनि सक्षम र योग्य व्यक्तिले पाउनुपर्नेमा त्यसो नगरी अध्यक्षहरुले नै व्यक्तिको पछि लागेर मेरो गोरुको बाह्रै टक्का भन्नुले कतै सत्ताधारी दलमा विभाजन त आउँदैन भन्ने आशंका समेत उब्जिएको छ । अध्यक्ष दाहालसहित नेपाल, खनाल, गौतम, श्रेष्ठलगायतका र अन्य नेताहरु खुलेरै प्रधानमन्त्री ओलीको विपक्षमा लागेका हुनाले पार्टी नै विभाजन हुन सक्ने अवस्था समेत आउन सक्ने नेकपाकै स्थायी समिति सदस्य हरिबोल गजुरेलले पुस २८ गते बीबीसीसँगको अन्र्तरवार्तामा खुलासा गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports