kumari
stcnepal

साताको पहिलो दिन आइतबार दोहोरो अङ्कले नेप्से परिसूचक घट्यो

काठमाण्डौ । नेप्से परिसूचक निरन्तर ओरालो लागिरहेको छ । गत बुधबार पनि दोहोरो अङ्कले बढेर बन्द भएको बजार साताको पहिलो दिन आइतबार पनि दोहोरो अङ्कले घटेको छ । आज नेप्से  सँगै कारोबार रकम पनि ओरालो लागेको छ ।

आइतबार नेप्से १४ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २६१६ विन्दुमा आएको छ । आज २२४ कम्पनीहरूको २ अर्ब २७ करोड भन्दा धेरैको शेयर किनबेच भएको छ । आज कारोबार भएका मध्य २ कम्पनीको शेयर मूल्यमा सर्किट लागको छ ।

४६ कम्पनीको शेयर मूल्य बढेर कारोबार हुँदा १४१ कम्पनीको शेयर मूल्य भने घटेको त्यस्तै बाँकी कम्पनीको शेयर मूल्य यथावत रहेको छ । नेपाल लाइफ कारोबारमा अब्बल रहँदा लगानी उपसूचक बाहेक अन्य सबै उपसूचक रातै भएको छ । बीमा समूहको उपसूचक सबै भन्दा धेरै घट्दा अन्य सूचकहरू पनि रातै भएका छन ।

 

 

footer