‘सूर्य हरियो हुन्छ काँही : अध्यक्ष ओली
वि.सं.२०७८ चैत ६ आइतवार १५:५२
shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाइएको पुनः आपत्ती जनाएका छन् । आज आइतबार इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेसको चुनाव चिन्ह रूखसँग रंग मिलाइदिएको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् ।
पाँचदलीय गठबन्धनले निर्वाचन आयोगलाई दुरुपयोग गरेर आफ्नो पक्षमा पार्न चाहेको उनको आरोप थियो । ‘म निर्वाचन आयोगलाई सम्मान गर्न चाहन्छु र भन्न चाहन्छु, निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा काम गर्ने होइन, निश्पक्ष भएर काम गर्नुपर्छ ।’
‘अहिले निर्वाचन आयोगले चुनाव चिह्नमा कुन रंग दिने भन्दा रुखको रंग सबैलाई दिने अरे । रुख पनि हरियो पारेर, सूर्य पनि हरियो पारेर चुनाव चिह्न दिने रे ! कस्तो अचम्मको निर्वाचन आयोग देखा पर्यो ।’
आयोगले दलहरुसँग परामर्श नगरेको र कांग्रेसको अनुकुल हुने चुनाव चिह्नको रंगबारे निर्णय गरेको भन्दै उनले भने, ‘सूर्य हरियो हुन्छ काँही ?’




































