विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अष्ट्रेलियाको हुन्डी कारोबारी केसीलाई ४६ महिना जेल सजाय

624
shares

मेलबर्न, अष्ट्रेलिया

हुन्डी कारोबार मार्फत विभिन्न व्यक्तिहरुको २ लाख डलर भन्दा बढी ठगी गर्ने मेलबर्न निवासी नेपाली भरत केसीलाई ४६ महिना जेल सजाय भएको छ । आज भिक्टोरिया काउन्टी अदालतमा भएको सुनवाईमा निजलाई ४६ महिला जेल सजाय तोकिएको हो । निजले डेढ वर्ष हिरासतमा बिताइसकेका कारण थप सजाय काट्नका लागि प्रहरी हिरासत बाट जेल चलान गरिएको छ ।

फैसला सुनाउँदै काउन्टी कोर्टका जजले निजको अपराधले कैयौं परिवारहरु प्रभावित भएको भन्दै निजले पटक पटक यो अपराध दोहोराएका कारण समाजमा निजको उपस्थिति थप खतरापूर्ण हुने बताएको सुनवाईमा सहभागी एक पीडितले केविसीखबरलाई जानकारी दिए ।ठगिएको रकम फिर्तीका लागि पीडितहरुले अबको ६ महिना भित्र क्षतिपूर्ति सहित दावी गर्न सक्नेछन् । अदालतमा केसीको तर्फ बाट सुनवाई गरेका वकिलले निजको अवस्था चिन्ताजनक रहेको, पारिवारिक समस्या रहेको र कुलतमा फसेका कारण यस्तो भएको बताएपनि न्यायाधीशले त्यस कुरालाई खासै महत्व दिएनन् । अष्ट्रेलियामा १२ महिना भन्दा बढी जेल सजाय भएको अवस्थामा निज व्यक्तिलाई सजाय पूरा भएपछि डिपोर्ट गर्ने नियम छ । यसका लागि अध्यागमनलाई समेत सूचित गरिने भएको छ ।

निज केसीको ठगी बाट पीडित बनेका अधिकांश विद्यार्थीहरु छन् । ति मध्ये कतिपयको ३० हजार डलर भन्दा बढी निजले ठगी गरेको पाइएको थियो । करिब दुई वर्ष अघि भिक्टोरियाका नेपाली समूदायका सदस्यहरु र सञ्चारकर्मीको रोहवरमा निजले रकम फिर्ता गर्ने र अब देखि यस्तो कार्यमा संलग्न नहुने लिखित सहमति गरेपनि निजले ठगी धन्दा कायमै राखेको पाइए पछि यो मुद्दा प्रहरीको पुगेको थियो । प्रहरीले अनुसन्धानका क्रममा प्रमाणको रुपमा निजले गरेको लिखित सहमति, भिडियोमा स्वीकार गरेको विषयलाई पनि आफ्नो दायरामा लिएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports