सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आवश्यकता अनुसार स्थानीय तहमा गठबन्धन हुन्छ : वरिष्ठ नेता पौडेल

442
shares

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुने बताएका छन् ।

तनहुँको भानु नगरपालिका–१३ खड्का गाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धन आवश्यक रहेको र त्यसको निर्णय स्थानीयस्तरको आवश्यकताका आधारमा हुने बताए । अहिलेको अवस्थामा कांग्रेसका लागि पनि गठबन्धन आवश्यक रहेको पौडेलको भनाइ थियो । ‘कांग्रेस जम्मा ३० प्रतिशत थियो, ७० प्रतिशत कम्युनिष्ट छन्, कम्युनिष्ट सँग लड्नका लागि पनि गठबन्धन आवश्यक छ’, पौडेलले भने, ‘स्थानीयस्तरको आवश्यकता हेरेर गठबन्धनको निर्णय हुन्छ ।’

वरिष्ठ नेता पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)का विषयमा जनताले पनि बुझ्न थालेको तर्क गरे । सुरुमा एमसिसीको विरोध गर्ने जनता पनि एमसिसीको बारेमा स्पष्ट भएको पौडेलको भनाइ थियो । ‘सुरुमा एमसिसी सुन्ने बित्तिकै जनता विरोधमा उत्रिन्थे, एमसिसीको विपक्षमा ठूलो माहोल थियो, अहिले जनताले पनि बुझिसकेका छन्’, पौडेलले भने । वरिष्ठ नेता पौडेलले आजै भानु नगरपालिका–१२ आहालेमा आयोजित कार्यक्रममा कांग्रेसको नेतृत्वमा सुरु भएको विकासको अभियानलाई कांग्रेसले नै पूरा गर्ने बताए । उनले कांग्रेसको नेतृत्वमा देशभर विकासका काम सुरु भएको बताउँदै त्यसलाई पूरा गर्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा आएको बताए ।

नेता पौडेलले व्यास नगरपालिका–९ निवासी स्व सतञ्जीवी पौडेलको १३औँ दिनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पौडेलको निधनले कांग्रेसले इमानदार कार्यकर्ता गुमाएको बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports