सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दोस्रो पटक बालबालिकाको मुन्द्रा चोरेको आरोपमा महिला पक्राउ

507
shares

पोखरा । प्रहरीले बालबालिकाको मुन्द्रा चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल पोखरा १०, रामबजार बस्ने २५ वर्षीय अम्बिका पुलामी मगर छिन् । उनी सोही मुद्दामा दोस्रो पटक पक्राउ परेकी हुन् ।

पुलामीले पोखरा-१, सिमपानीका ९ वर्षीय सञ्जिता तामाङ र सोही ठाउँकै ९ वर्षीय रेजल तामाङको कानमा लगाएको मुन्द्रा चोरेको प्रहरीले जनाएको छ । ‘पोखरा १, टुँडिखेल स्थित राष्ट्रिय माविको गेट अगाडि बस्ने र साना बालबालिका बाहिरिए पछि पछ्याउँदै कानको मुन्द्रा चोरी गरेको पाइयो,’ जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी सुन्दर तिवारीले भने ।पुलामीले बालबालिकाको मुन्द्रा चोरी गरी पोखरा पोखरा १७ स्थित रोयल पञ्चासे सुनचाँदी पसललाई ५ हजार ९ सय रुपैयाँमा बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ । पञ्चासेले पुनः सोही मुन्द्रा ७ हजार ९ सय रुपैयाँमा पोखरा १७ स्थित नितिशा ज्वेलर्सलाई बिक्री गरेको डिएसपी तिवारीले जानकारी दिए ।

बिना कागजातको सुनचाँदी खरिद बिक्री गरेको आरोपमा रोयल पञ्चासे सुनचाँदीका सञ्चालक ६४ वर्षीय थमनसिंह विश्वकर्मा र नितिशा ज्वेलर्सका सञ्चालक पोखरा २१, निर्मलपोखरीका २७ वर्षीय नितेश विश्वकर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पुलामी यसअघि पनि सोही कसुरमा पक्राउ परिसकेकी छन् । करिब ४ महिनाअघि पोखरामा साना बालबालिकाको गरगहना चोरीको आरोपमा उनी पक्राउ परेकी थिइन् । साना बालबालिकालाई सुरुमा ललाइफकाई गर्ने र त्यसपछि पनि नमाने डरधम्की देखाएरै भए पनि गरगहना चोरी गरेको आरोपमा मंसिर ७ गते पक्राउ गरेको थियो ।

पछि मगर पुस ५ गते जिल्ला अदालत, कास्की बाट १ लाख रुपैयाँ धरौटी तिरेर छुटेकी थिइन् । ‘पुलामी धरौटीमा छुटेर पनि फेरि सोही प्रकृतिको अपराधमा संलग्न भएको पाइयो,’ डिएसपी तिवारीले भने । प्रहरीले चोरी डाँका सम्बन्धी कसूरमा ६ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports