एनआरएनएको १० औं विश्व सम्मेलन आज बाट काठमाडौंमा सुरु
वि.सं.२०७८ चैत ८ मंगलवार १०:३७
shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन आज बाट काठमाडौंमा सुरु भएको छ । होटल याक एण्ड एतीमा सम्मेलन आयोजना गरिएको छ ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर), चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, बैंकर्स संघका पूर्वअध्यक्ष अनिल केशरी शाह लगायत उपस्थित छन् । अध्यक्ष कुमार पन्तले समयमा महाधिवेशन गराउन नसकेपछि संरक्षक शेष घलेले वर्तमान कार्यसमिति विघटन गरी उपाध्यक्षको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेका थिए । त्यस प्रति असन्तुष्ट पन्त पक्षधरले छुट्टै निर्वाचनको तयारी गरे पनि अदालतले त्यसलाई रोक्न आदेश दिएको छ ।
पन्त पक्षधरले कुल आचार्य र बद्री केसीलाई आधा–आधा कार्यकाल अध्यक्ष बनाउन प्रस्ताव गरे पनि संरक्षक घलेले आफूलाई यस विषयमा जानकारी नभएको बताए । धेरै देशहरु बाट प्रतिनिधि आइसकेको भन्दै उनले निर्वाचनको काम अघि बढ्ने बताएका छन् ।






































