kumari
stcnepal

ग्रीन भेन्चर्सको आइपीओ खुल्ला , आज बाट आवेदन दिन पाइने

ग्रीन भेन्चर्स लिमिटेडले आज चैत ८ गते मंगलबार बाट आइपीओ निष्काशन गरेको छ । कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन खुला गरेको हो | जसमा ५% अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३% अर्थात् ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने बाँकी २८ लाख ७५ सय कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस आइपीओलाई ‘कियर एनपी डबल बी’ रेटिङ प्रधान गरेको छ जसले औसत आधार रहेको बताउँछ ।

आवेदनको लागि आवेदकले बिक्री प्रबन्धक रहेको लक्ष्मी क्यापिटल मार्फत अथवा नेपाल धितोपत्र बोर्ड बाट स्विकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यलयहरु र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ । आवेदन दिन अन्तिम म्याद चैत ११ सम्म रहेको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २२ गते सम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

 

 

 

footer