सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बर्षेनि विदेशिरहेको ठूला धनराशी स्वदेशमै तामाकोसीले रोक्ने : निर्देशक घिसिङ

494
shares

काटमाडाैं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोसीले बर्षेनि विदेशिरहेको ठूला धनराशी स्वदेशमै रोक्ने बताएका छन् । माथिल्लो तामाकोसीको सञ्चालन पछि हाल बिहान र साँझको पिक आवरको समयमा भारत बाट आयात गरिने विद्युतको परिमाणमा करिब आधा भन्दा बढी घटेकोले यसले ठूलो धनराशी स्वदेशमै सहयोग गरेको बताएका हुन् ।

शनिबार देशकै दोश्रो ठुलो २२०/१३२ के.भी.खिम्ती सबस्टेसनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘पिक आवरको समयमा भारत बाट आयात गरिने विद्युतको खरिद दर यस हिउँदमा नेपाली रुपैंया ३२ प्रति युनिट सम्म पुगेको अवस्थामा तामाकोशीको विद्युत खरिद दर यो वर्ष अधिकतम नेपाली रूपैयाँ ६.९६ मात्र रहेकोले देशको ठूलो धनराशी विदेश जान बाट रोकिएको छ,’ उनले भने ।

दैनिक पिकिङ प्रकारको माथिल्लो तामाकोसीले सुक्खा मौसममा पनि दैनिक कम्तीमा ४ घण्टा सम्म पूर्ण क्षमतामा (४५६ मेगावाट) विद्युत उत्पादन गरी नेपालको राष्ट्रिय विद्युत प्रसारण प्रणालीलाई ठुलो मद्दत पुर्याइरहेको बताए । घिसिङले अनेकौं कठिनाइ बेहोर्दै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको बताएका छन् । निर्देशक घिसिङले यसबाट जलविद्युत र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धि प्राप्त भएको बताए । सो आयोजनाका अध्यक्ष समेत रहेका घिसिङले यो सफलता बाट भविष्यमा यस्तै ठूला आयोजनाहरू स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्ने सकिने अनुभव, आँट र दक्षता प्राप्त भएको दाबी गरे ।

उनले माथिल्लो तामाकोशीको छेउमा रहेको २० मेगावटको रोल्वालिङ खोला हाइड्रोपावर निर्माणाधीन रहेको बताउँदै त्यस बाट उत्पादन भएको विद्युत पनि तामाकोशीमा मिसाउने योजना रहेको सुनाए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports