सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्ने सूचना जारी : एमसीसी प्रोजेक्ट

533
shares

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए-नेपाल)ले अधिग्रहण गरिएका घरजग्गा खाली गर्ने आग्रह गरेको छ। समितिले एमसीसी अन्तर्गतको परियोजना तत्काल अगाडी बढाउनु पर्ने भएकोले अधिग्रहण गरिएका घरजग्गा खाली गर्ने आग्रह गरेको हो।

एमसिए-नेपाल द्वारा निर्माण गर्न लागिएको ४०० केभी रातमाटे सब-स्टेसनका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय, नुवाकोट बाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जा लगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू समेत निर्धारण भई सोको वितरण तथा जग्गाको लगत कट्टा एवं नाम सारी समेत भइसकेको समितिले जनाएको छ । ती अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रम अनुरूप सब-स्टेसन निर्माणका लागि तारबार गर्ने कार्यलाई अविलम्ब अगाडि बढाउनु परेकोले मुआब्जा लगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू बुझिसकेकाहरूले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गरिदिन अनुरोध गरेको हो।

एमसीसी सम्झौता अन्तर्गत नेपालले चार सय केभी क्षमताको ३१८ किमि लामोप्रसारण लाइन एवं तीन वटा उच्च क्षमतायुक्त सब–स्टेशन निर्माणमा मूल रूपमा केन्द्रित विद्युत् प्रसारण आयोजना निर्माण गर्ने छ । त्यस्तै दोस्रो परियोजनाको रुपमा बढीमा तीन सय किमि रणनैतिक सडकको मर्मत सम्भार कार्यमा मूल रूपमा केन्द्रित सडक मर्मतसम्भार आयोजना अगाडी बढाउने छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports