राष्ट्र बैंकले आर्थिक बर्षमा शनिबार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन बिदा दिइने
वि.सं.२०७८ चैत ८ मंगलवार १३:१२
shares

काठमाडौँ । राष्ट्र बैंकले बैंक तथा बीत्त संस्थामा काम गर्ने कर्मचारीहरुले आगामी बर्ष पाउने बिदाको सूची सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागद्धारा जारी सूचनामा आगामी बर्ष ०७९को बर्षभरी दिइने बिदाको सूची सार्वजनिक गरेको छ।
जसमा ३४ पर्वमा विदा हुने जनाइएको छ । विभिन्न २९ पर्वको विदा तोकिएको छ भने ५ वटा पर्व विदा सरकारले तोके अनुसार मिति तय हुने जनाइएको छ ।
यस अघि सरकारले २०७८ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरिसकेको छ ।
सार्वजनिक बिदा राजपत्रमा सूचना प्रकाशित गर्दै ०७९ सालमा सरकारले दिने सार्वजनिक बिदाको सूची प्रकाशन गरेको थियो । गृह मन्त्रालयले प्रकाशित गरेको सूचीमा ५२ दिन शनिबार बिदा, पाँच दिन दशै बिदा, चार दिन तिहार बिदा, छ दिन विभिन्न दिवस बिदा, तीन दिन विभिन्न जन्मजयन्ती बिदा लगायत रहेका छन् ।
आगामी आर्थिक बर्षमा शनिबार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिइने भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
































