सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अपराधिक षड्यन्त्र बनाएको आरोपमा एक जना पक्राउ

559
shares

जनकपुरधाम । अपराधिक षड्यन्त्र (हत्या योजना) गरेको आरोपमा सर्लाहीका एक व्यक्तिलाई प्रहरीले म्याग्दी बाट नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका-९ बस्ने विश्वराज पोखरेल छन् । उनलाई म्याग्दीको रघुगंगा गाउँपालिका-१ तिप्ल्याङ बाट म्याग्दी प्रहरीकै समन्वयमा पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । पोखरेलले आफू विरुद्ध ज्यान मार्ने उद्देश्यले अपराधिक षड्यन्त्र गरेको भन्दै हरिवन ११ का अर्जुन रायमाझी भनिने सिद्धीबहादुर रायमाझीले गत २१ पुसमा दरर्खास्त दिएका थिए । दरखास्त परेपछि सर्लाही जिल्ला अदालत बाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका पोखरेल पटक-पटक विभिन्न नम्बरको सिमकाड परिवर्तन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports