सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जगदम्बा स्टिलले जस्तापाता तेस्रो मुलुकमा निर्यात गर्न सुरु

481
shares

काठमाडौं । नेपाल बाट पहिलो पटक श्रीलंकामा सीआर सिट एन्ड कोइल्स निर्यात बाट हौसिएको जगदम्बा स्टिलले अब जस्तापाता पनि तेस्रो मुलुकमा निर्यात गर्न सुरु गरेको छ ।

जगदम्बा स्टिलको उत्पादन जगदम्बा सुपर साइन र ग्याल्भा प्लसका जस्तापाता रोमानिया, यूएई निर्यात सुरु भएको कम्पनीले जनाएको छ । रोमानिय र संयुक्त अरब इमिरेट्स्बाट एक/एक सय टन जस्तापाता आयातका लागि अर्डर भएको र त्यसको निर्यात सुरु भइसकेको कम्पनीको निर्यात युनिट प्रमुख अमित खेरले जानकारी दिए ।

‘दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटालीमा निर्यातका लागि कुराकानी भइरहे पनि रोमानिया र यूएईमा जस्तापाता निर्यात सुरु भएको छ,’ खेरले भने, ‘अहिले ट्रायलको रुपमा निर्यात थालिएको र केही समय भित्रै मासिक ५ सय देखि एक हजार टन सम्म जस्तापाता निर्यातको तयारी भइरहेको छ ।’ संयुक्त अरब इमिरेट्स र रोमानियमा जस्तापाता निर्यात सुरु भए सँगै स्टिलजन्य उत्पादन निर्यातमा जगदम्बाले नयाँ ढोका खोलेको खेरले दाबी छ । यसलाई थप व्यवस्थित र दीगो गर्दै लैजाने गरी कम्पनीले काम गरिरहेको उनको भनाइ छ ।

उच्च गुणस्तरको उत्पादनका कारण जस्तापाताको माग इटाली, दक्षिण अफ्रिका र उत्तर अमेरिका बाट समेत आएको भन्दै खेरले ति मुलुकमा पनि निर्यातको अन्तिम तयारीमा जगदम्बा रहेको जानकारी दिए । आल्मुनियम ५५ प्रतिशत, जिन्क ४३.५ प्रतिशत र सिलिकन १.५ प्रतिशतको मिश्रण बाट तयार भएको ग्याल्भा प्लसलाई उच्च कोटीको जस्तापाता मानिन्छ । यस्तै प्रिमियिम गुणस्तरको जगदम्बा सुप्पर साइन पनि बजारमा सबैभन्दा उच्च कोटीको जस्तापाता भएको कम्पनीले जनाएको छ ।

वार्षिक ठूलो व्यापार घाटा खेपिरहेको नेपालका लागि स्टिलजन्य वस्तु निर्यात खुसीको कुरा भएको जगदम्बा ग्रुपले जनाएको छ । निर्यातकै लागि भनेर उद्योगले छुट्टै निर्यात युनिट बनाएर उक्त युनिटका लागि भारत बाट दक्ष जनशक्ति भित्र्याएको थियो । कम्पनीले आफ्नो उत्पादनलाई दक्षिण एशियाली मुलुकका साथै युरोप र अफ्रिकी मुलुक सम्म पुर्‍याउने गरी मार्केटिङ गरिरहेको जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports