विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तिलोत्तमा नगरपालिका अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगरपालिका बन्यो

1.25K
shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगरपालिका बनेको छ ।

युनाइटेड एग्रिडेसन फाउण्डेसन (युएएफ) अमेरिकाले कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पुरा गरेको भन्दै अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित गरेको छ ।आज मंगलबार नगरपालिकामा आयोजित कार्यक्रममा आईएसओ सर्टिफिकेसन नेपालका निर्देशक सुदीप शर्माले नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

तिलोत्तमाले विभिन्न सूचक पार गरेर अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो स्थानीय तह बनेको निर्देशक शर्माले बताए । नगरपालिकाले गरेको कार्यसम्पादनका आधारमा गरिएको अनुगमनबाट सो प्रमाणपत्र प्रदान गरिएको उनले बताए । नगर प्रमुख बासुदेव घिमिरेले दुई वर्षको प्रयासमा नगरपालिकाले गुणस्तर प्रमाणपत्र प्राप्त गरेको भन्दै यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports