गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्यो

936
shares

काठमाडौं । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य केही घटेको छ । अमेरिकाको केन्द्रीय बैंक फेडलर रिजर्भका प्रमुखले मुद्रास्फीति सँग जुध्न कडा कदम चाल्ने बताएपछि यसको असर सुनमा समेत पर्न थालेको हो ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ०.४ प्रतिशतले घटेर प्रति ओन्स एक हजार ९२८ डलर ३० सेन्टमा कारोबार भएको रोइटर्स समाचार माध्यमले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य समेत ०.४ प्रतिशतले घटेर प्रति ओन्स २५.०९ डलर पुगेको छ । युक्रेनमा रुसले हमला गरेपछि तेल, सुन र डलरको भाउ आकाशिएको थियो । पछिल्लो समय तेलको भाउमा समेत भारी गिरावट हुन थालेको छ ।

यसै क्रममा मंगलबार सुनको मूल्य केही घटेको हो । तर रुस-युक्रेन युद्धका क्रममा विकसित हुने घटनाक्रमले आगामी भाउलाई निर्धारण गर्ने विश्लेषण हुन थालेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports