नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक २० दशमलव ३४ अंकले घट्यो

650
shares

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ३४ अंकले घटेर २,६३० दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज ३० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२६ वटा कम्पनीको ३८ करोड ८५ लाख ५७४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य ७८५ रुपैयाँ रहेको छ ।

त्यस्तै, जीवन विकास लघुवित्तको ८ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ८ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । सनराइज बैंकका डिवेञ्चर इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ब्ुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशलमव ५८ प्रतिशतका दरले गुमाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports