प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चोभारमा गाडीको ठक्करवाट मोटरसाइकलमा सवार दुई जनाको निधन

572
shares

 

काठमाडौंको चोभारमा टाटा सुमो गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको निधन भएको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको निधन भएको हो।

ना १ ज ६३५४ नम्बरको गाडीले बा ९२ प २३१ नम्बरको पल्सर बाइकलाई ठक्कर दिएको हो। मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगेको थियो।त्यहाँ पुर्‍याउँदा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक मैनालीले बताएका छन् ।

निधन हुनेमध्ये एक जना नागार्जुन नगरपालिका बस्ने समीर गिरी छन्। अर्का एक जनाको पहिचान खुलिसकेको छैन।ठक्कर दिएपछि मोटरसाइकल भीरबाट खसेको मैनालीले बताएका छन् । भीरमा खसेको मोटरसाइकल प्रहरीले निकालिसकेको छ।

‘मोटरसाइकल भीरमा अन्दााजी १५ देखि २५ मिटर तल खसेको हो। अहिले निकालिसकेका छौं,’ मैनालीले भने।प्रहरीले टाटा सुमो चालक सिमरा उपमहानगरपालिका-६ का सन्जय खानलाई नियन्त्रणमा लिएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports