प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थपिए ३८ जना कोरोना संक्रमित, निधन शुन्य

468
shares

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५२१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना बाट २६९ जना निको भएका छन् भने हाल देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्‍ये २ हजार ४०९ जना होम आइसोलेसनमा रहेका छन् भने ४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामी मध्ये २१ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् । बुधबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ३५९ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६३ हजार 861 जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका १ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९ जना कोरोना संक्रमित थपिएका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports