पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कस्तो रहला आजको मौसम

1.24K
shares

अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सामान्य रहेको छ । बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशका पहाडी र हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य ठाउँको मौसम सामान्यतयाः सफा रहने छ । त्यस्तै प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यसैगरी राति देशको पहाडी र हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली र अन्य स्थानमा मौसम सामान्यतयाः सफा रहने बताइएको छ । प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । यसैबीच, देशभर तापक्रम बढ्ने क्रममा रहेका कारण गर्मी बाट हुनसक्ने सम्भावित असर बाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports