नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सञ्चार उपकरणमा समस्या

728
shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएको छ । प्राविधिक समस्याका कारण बिहान करिब आधा घण्टा सम्म उडान अवतरण प्रभावित भएको थियो ।

आज बिहान ६ बजे देखि नै उपकरणमा समस्या देखिए पछि विमानस्थल कार्यालयले नोटाम जारी गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले वैकल्पिक व्यवस्था गरी उपकरण अहिले चालु राखेको र केही बेरमा नोटाम खारेज हुने बताए । ‘राडारमा हल्का समस्या देखिएको थियो । अहिले त्यो ठीक भइसक्यो । तर सावधानी अपनाएर काम गरिराखेका छौं,’ ठाकुरले भने । वैकल्पिक व्यवस्था तत्कालै गरिएकाले फ्लाइट भने नरोकिएको उनले दाबी गरे ।

विमानस्थलमा पुराना उपकरणले काम चलाउनुपर्ने भएकाले बेलाबेलामा समस्या आउने गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports