विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचनमा गठबन्धन हुन्छ, म कैलाली ५ बाटै लड्छु : आरजु राणा देउवा

585
shares

धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पाँच दलीय गठबन्धन चुनाव सम्म कायम रहने बताएकी छन् । कांग्रेसकै केही नेताहरूले सार्वजनिक रुपमा चुनावमा गठबन्धन नहुने संकेत गरिरहेका बेलामा उनले गठबन्धन कायमै रहने दाबी गरेकी हुन् । प्रेस युुनियन कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘गठबन्धन गरेर चुनावमा जाने हाम्रो सम्झौता छ । होमवर्क पनि त्यही रुपले भइरहेको छ । हामी गठबन्धन सहित इलेक्सनमा जाने हो ।’

महामन्त्री गगन थापा लगायतका नेताहरूले सार्वजनिक रुपमा गठबन्धन नहुने बताइरहेको सन्दर्भमा उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले असहमति राख्न पाइने तर गठबन्धन कायम राख्ने कुरामा सबै एक मत भएको बताइन् । नेकपा (एमाले) विभाज भएका बेला कांग्रेस एक्लै चुनावमा जान किन नसकेको भन्ने प्रश्नमा राणाले परिस्थिति त्यति सजिलो नभएको बताइन् । ‘राजनीतिक परस्थिति त्यति सजिलो छ र ? अन्तिम पटक भएको चुनाव बाट आएको जनादेशले पनि हामीलाई मिलेर जादा देश अगाडि बढाउन सकिंदो रहेछ भन्ने कुरा सिकाएको छ ।’

राणाले प्रतिनिधि सभाको निर्वाचनमा आफू पुनः कैलाली क्षेत्र नम्बर ५ बाटै उम्मेदवारी दिने बताउँदै अन्य ठाउँ बाट नलड्ने बताएकी छन् । ‘बर्दिया, कञ्चनपुर बाट लड्ने भन्ने कुरा हल्लाहो । म पहिले पनि यही बाट चुनाव लडेकाले फेरि यहीबाट लड्छु’ उनले भनिन्, ‘सर्लाहीका साथीहरूले पनि आऊ भन्नुभएको छ । कोहलपुरका साथीहरूले पनि बोलाउनुभएको छ तर मैले ४/५ वर्ष देखि यही काम गरिरहेकाले कैलाली बाटै उम्मेदवारी दिन्छु ।’

उनले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले अनावश्यक रुपमा गरिएका हल्लामा विश्वास नगर्न समेत आग्रह गरेकी छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports