सुरक्षा परिषद्को बैठकमा रूसको पक्षमा चीनको मात्र सर्मथन, भारत सहितका १३ राष्ट्रले गरे बैठक बहिष्कार
वि.सं.२०७८ चैत १० बिहीवार ११:३६
shares

एजेन्सी
युक्रेनमाथि आक्रमण गरेको एक महिना बित्दा रूसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पेस गरेको एउटा प्रस्ताव पनि फेल भएको छ।
समाचार संस्था एपीका अनुसार बुधबार सुरक्षा परिषदमा रूसले युक्रेनमा मानवीय सहायता गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो। युक्रेन माथि भइरहेको रूसी आक्रमण बारे उल्लेख नै नगरी आएको उक्त प्रस्तावलाई बाँकी सदस्य राष्ट्रहरूले अस्वीकार गरिदिएका हुन्।
रूसको प्रस्तावका पक्षमा चीनले मात्रै भोट हालेको थियो। भारत सहित बाँकी १३ राष्ट्रले मतदान बहिष्कार गरेका थिए। १५ सदस्यीय सुरक्षा परिषद बाट कुनै प्रस्ताव पारित हुन ९ राष्ट्रले पक्षमा मत हाल्नुपर्छ। आफ्नो र चीनको मात्रै भोट पाए पछि सुरक्षा परिषदको स्थायी सदस्य रहेको रूसको उक्त प्रस्ताव असफल भएको हो।

































