सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाहाल नेपाललाई किन गठवन्धन आवश्यक

429
shares

काठमाडौँ । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा राजनितिक दलहरुले सकृयता वढाउदै लागेका छन् । मुलुकका ससाना ठूला सबै दलहरुले आ आफ्नो पक्षमा मतदानलाई पार्न सानाठूला सभा सम्मेलनहरु प्राय दिनहुँ जसो गरीरहेका छन् । त्यसै क्रममा नेकपा एमाले, माओवादी केन्द्र नेपाली काग्रेस, नेकपा एकीकृत समाजवादी लगायत अन्य दलहरुका नेताहरुले विभिन्न ठाउँमा सभा सम्मेलन गर्दै एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउन थालेका छन् । नेकपा एमालेवाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एमालेका नेताहरुले काग्रेसको पुच्छर भएको आरोप लगाएका छन् भन्ने माधव नेपाले नेकपा एमालेलाई प्रतिगमनकारी भएको आरोप लगाउदै आएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको सकृयता बढ्दै गएको छ । अध्यक्ष ओली राजधानी बाहिरका विभिन्न जिल्लामा सभा सम्मेलनलाई सम्वोधन गरीरहेका छन् भने एमालेका अन्य नेताहरु समेत सभा सम्मेलन गर्दै मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरीरहेका छन् । सत्ता गठवन्धनमा रहेका दलहरुले स्थानीय तहको निर्वाचनमा पनि गठवन्धन नै गरेर निर्वाचनमा जानुपर्ने बताईरहेका भएपनि सत्ताको नेतृत्वकर्ता दल नेपाली काग्रेसले भने औपचारिक रुपमा कुनै निर्णय गरेको छैन । काग्रेसको संस्थापन इतर पक्षले भने काग्रेसले एक्लै निर्वाचनमा जानुपर्ने वताईरहेका छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भने गठवन्धनकै पक्षमा डंक पिटिरहेको छ । माओवादी केन्द्र र समाजवादी पार्टीलाई भने गठवन्धन नभईकन भएको छैन । एक्ला एक्लै निर्वाचनमा जादा स्थानीय तहको निर्वाचनमा पराजित हुने भय उनीहरुलाई भएको हुनाले उनीहरु जुनसुकै सर्तमा पनि गठवन्धन नै चाहिरहेका छन् ।

स्थानीय तहको निर्वाचनको असर प्रदेशसभा र संघीय ससदको निर्वाचनमा समेत पर्ने भएकाले सबै राजनितिक दलहरुले स्थानीय तहको निर्वाचनलाई जिवन मरणको अवस्थामा लिएका छन् । माओवादी केन्द्र र माधव नेपालको पार्टीलाई त स्थानीय तहको निर्वाचनको परिणामले प्रदेशसभा र संघीय ससदको निर्वाचनमा प्रत्यक्ष असर पर्ने पक्का पक्की रहेको छ । नेकपा एमालेका नेताहरुले पुष्पकमल दाहाललाई कम्युनिष्ठ आन्दोलनको भडुवाको आरोप लगाउदै आएका छन् भने नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई समाजवादीका नेता झलनाथ खनालले त ओली अंहकारी भएको भन्दै एमालेलाई मत नदिने जनतालाई आग्रह गरीरहेका छन् ।

तर जो जस्लै जे भनेपनि नेकपा एमालेले नै स्थानीय तहको निर्वाचनमा ठूलो सफलता पाउने भएकाले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले काग्रेसको पुच्छर समाएर वैर्तर्णी तर्ने प्रयासमा लागेका छन् । पाँच दलिय गठवन्धनले गठवन्धन नै गरेर निर्वाचनमा गएको खण्डमा सबै भन्दा ठूलो घाटा काग्रेसलाई नै हुने पक्का पक्की जस्तै रहेको छ । काग्रेसले अहिले सत्ता गठवन्धन लाई सत्ता सञ्चालनका लागि मात्र सिमित राखेर एक्ला एक्लै निर्वाचनमा गएको खण्डमा काग्रेसले राम्रो सफलता हासिल गर्न सक्छ । त्यस्को एउटै कारण हो कम्युनिष्ठहरु विभाजित हुनु । सत्ताको नेतृत्वमा काग्रेसका सभापति नै रहेकाले गर्दा पनि काग्रेसलाई फाइदा पुग्ने निश्चित जस्तै रहेको छ । त्यसैले काग्रेसले कुनै सर्तमा पनि गठवन्धन वनाएर चुनावमा जान हुदैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports