कांग्रेस केन्द्रीय कार्यालय सानेपामा देउवा बिरूद्ध नाराबाजी
वि.सं.२०७८ चैत ११ शुक्रवार १५:०१
shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवा विरुद्ध नाराबाजी भएको छ ।
नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर डा. शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुग्दैछन् । त्यही बेला पार्टी कार्यालय प्रवेश गर्ने सडक छेउमा बसेका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।





































