प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनआरएनएले बोलायो आकस्मिक भेला

520
shares

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आकस्मिक बैठक बोलाएको छ।

संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको बैठक शुक्रबार नेपाली समय अनुसार राति ९ बजेका लागि बोलाइएको हो। शर्माका अनुसार संघको ८३ औं बैठकमा शनिबार देखि शुरू हुने १० औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारीको बारेमा छलफल हुनेछ।

बैठकमा संघका पूर्वअध्यक्ष शेष घले द्वारा आयोजित एक भेलामा संलग्न माथि कारवाही सम्बन्धमा समेत छलफल हुनेछ। अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्ने बैठकमा पाटन उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन सम्बन्धी मुद्दाहरूको अजेण्डा प्रस्तुत हुनेछ। गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा शनिबा रदेखि ललितपुर स्थित होटल हिमालयमा हुँदैछ।

दुई दिन सम्म चल्ले सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। संघको नेतृत्वको लागि भएको विवादलाई अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports