तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगे

533
shares

काठमाडौं । भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् ।

२५ सदस्यीय भ्रमण टोली सहित काठमाडौं उत्रिएका वाङ विमानस्थल बाट द्वारिका होटेल जानेछन् । वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहान देखि मात्रै गर्नेछन्। शनिबार विहान नेपालका समकक्षी डा.नारायण खड्का सँग उनले भेटघाट गर्नेछन् । त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने छन् ।

शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी सँग छलफल गर्ने तय भएको छ । वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने कार्यक्रम तय भएको छ ।

सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै नेपाल आएका हुन्। नेपाल स्थित चिनियाँ दूतावास स्रोतका अनुसार विदेशमन्त्री वाङले आज साँझ दूतावासका अधिकारीहरु सँग नेपालको पछिल्लो परिस्थिति बारे जानकारी लिनेछन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports