तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली अर्थतन्त्रमा ४०/५० वर्ष देखि उस्तै समस्या : डा. बाबुराम भट्टराई

585
shares

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली अर्थतन्त्रमा ४०/५० वर्ष देखि उस्तै समस्या रहेको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष समेत रहेका भट्टराईले अर्थतन्त्रमा समस्या छन् भन्ने कुरा तथ्यांकहरुले देखाउँदा देखाउँदै पनि समाधान हुन नसकेको बताएका हुन् ।

‘धेरै पहिले देखि हामीले तथ्यांक हेरिरहेका छौं, तथ्यांकले समस्या देखाउँछ तर समाधान देखाउँदैन’ शुक्रबार देखि काठमाडौंमा सुरु भएको अर्थशास्त्री सम्मेलनलाई सम्बोधन गर्दै डा. भट्टराईले भने, ‘तथ्यांकले ह्वाट भन्ने हो, हाउ र ह्वाई भन्ने कुरा देखाउँदैन, तथ्यांक हेरेर समस्या छ भनेर मात्रै बस्नु भएन ।’ नेपालको अर्थतन्त्र धेरै पहिले देखि उस्तै रहेको तर नेपाल भन्दा कमजोर रहेका देशहरु धेरै माथि गइरहेको नउले बताए । भुटान र बंगलादेशको उदाहरण दिँदै उनले भने, ‘कोरिया जस्ता अरु देशको कुरा छौडौं, नजिकैका साना देशहरुले नेपाललाई उछिनेर अघि बढिसके ।’

पछिल्लो समय युवाहरु वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यता रहेको भन्दै उनले भविष्यमा बुढापाका मात्रै नेपालमा बस्ने दिने आउन सक्ने बताए । समाजवाद उन्मुख अर्थतन्त्र भन्ने शब्दका विषयमा केही अर्थशास्त्रीहरुले निकै जोड गरेको भन्दै उनले यस्ता शब्दावली राख्नुको अर्थ पनि नरहेको बताए ।

आफू माओवादीको जल्दोबल्दो नेताको रुपमा रहँदा समाजवाद नै चाहिन्छ भन्ने र अरु पार्टीकाले उदारवाद चाहिन्छ भनेको भन्दै सबैलाई मिलाउनका लागि बीचको शब्दको रुपमा समाजवाद उन्मुख भन्ने शब्द तयार गरिएको उनले बताए । ‘समाजवाद भनेको परको कुरा हो त्यतातिर जाने भनेको हो, अहिले नै समाजवाद भन्ने हो भने त्यहाँ पुग्नै गाह्रो हुन्छ’ भट्टराईले भने।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports