नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तुलसीपुरमा पूर्व राजा वीरेन्द्रको शालिक स्थापना गरिँदै

637
shares

तुलसीपुरमा पूर्व राजा वीरेन्द्र शाहको शालिक स्थापना गरिने भएको छ। ०६२र०६३ को आन्दोलनका बेला तुलसीपुरको वीरेन्द्रचोकमा रहेको शालिक माओवादीले तोडफोड गरेका थिए।
तुलसीपुर उपमहानगरपालिका ५ का अध्यक्ष वीरेन्द्रकुमार शाहले तत्कालीन राजा वीरेन्द्रको शालिक स्थापना गर्न लागिएको बताए। उनकाअनुसार आज शालिक स्थापना गरिने भएको छ।

उनकै नेतृत्वमा ०७५ मा शालिक रहेको ठाउँको मर्मत गर्ने काम पनि भएको थियो। शालिक स्थापना गर्ने काम त्यसबेला सुरू गर्न लागे पनि नेकपा एमालेलगायत दलका नेताले सहयोग नगरेको उनले बताएका छन् ।

वडाध्यक्ष शाहले सहयोगी र व्यक्तिगत खर्चमा शालिक बनाएका हुन्। भावी सन्ततिलाई इतिहास देखाउनका लागि भने पनि शालिक आवश्यक पर्ने उनको भनार्इ रहेको छ।

माओबादीले वीरेन्द्रचोकमा रहेको शालिक आन्दोलनका क्रममा घिसार्दै लगेका थिए। पछि त्यो शालिक खाडल खन्ने क्रममा फेला परेको थियो।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports