नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धनुषामा स्थानीय र प्रहरीबीच झडप ८ सेल अश्रुग्यास प्रहार

429
shares

जनकपुरधाम – धनुषामा स्थानीय र प्रहरीबीच झडप भएको छ। जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरिया चोकमा रहेको पसलमा गएराति आगजनी भएको विषयमा स्थानीयहरुले सडक अवरुद्ध गरेपछि झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिएका छन्।

झडपको क्रममा दुई जना घाइते भएका छन्। प्रदर्शनकारीतर्फ एकजना र प्रहरीतर्फ एकजना घाइते भएको उनले जानकारी दिएका हुन् ।

हिजो शनिबार राति स्थानीय सन्तोषकुमार मण्डलले सञ्चालन गरेको शान्ता पान पसलमा आगजनी भएको थियो। पसलवाट ५० मिटर नजिकै रहेको तीनकौरिया प्रहरी चौकीले राति गस्ती नगर्दा अज्ञात समूहले आगजानी गरेको स्थानीयको आरोप छ। आगलागीले किरानाको समान तथा कपडासमेत जलेर १० लाख भन्दा बढीको क्षति भएको नायब उपरीक्षक बस्नेतले बताएका छन् ।

झडप पश्चात अहिले अवस्था सामान्य रहेको छ। अहिले नगरपालिकामा मेयरको उपस्थितिमा प्रहरी, सम्बन्धित व्यक्तिहरुबीच वार्ता भइरहेको प्रहरीले बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports